भिजिबिलिटी नभएर बन्द रहेको नेपालगन्ज विमानस्थल खुलेसंगै उडान सुचारु

आइतबार, माघ १४, २०८०
Neuro hospital Nepalgunj

बाँके । बाक्लो हुस्सुका कारण बाँकेस्थित नेपालगन्ज  विमानस्थल दुई दिनपछि खुलेको छ।

शनिबार बिहानदेखि नेपालगन्जमा लागेको बाक्लो हुस्सु र कुहिरोले गर्दा बन्द रहेको नेपालगन्ज विमानस्थलमा हुस्सु र कुहिरो हटेपछि उडान सुचारु हुन लागेको हो।

नेपालगन्जबाट उडान हुने हिमाली जिल्ला सहित काठमाडौं र पोखराका सबै उडान हिजो बिहानदेखि प्रभावित बनेको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ। 

अहिले नेपालगन्ज विमानस्थलमा जहाज उड्न  र ल्याण्ड गर्न सक्ने भिजिबिलिटी भएको विमानस्थलले जनाएको छ।अहिले गन्तव्यमा जानका लागि करिब ९ सय बढी यात्रुहरु विमानस्थलमा बसिरहेका छन् ।

खराब मौसमका कारण विमानस्थलमा बसिरहेका यात्रुहरुले विमानस्थल खुलेपछि राहत महशुस गरेका छन।

 

 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्