तस्करी निस्तेज अभियान:ठुलो परिमाणको सामाग्री र मोटरसाइकलसहित ५ जना बाँके प्रहरीको नियन्त्रणमा

आइतबार, माघ १४, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज ।अवैध तस्करीविरुद्द खरो रुपमा धावा बोल्दै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छली गरेर नेपालगन्ज ल्याइदै गरेको ठुलो परिमाणको अवैध सामाग्रीसहित ५ जनलाई नियन्त्रणमा लिएको छ।

बाँके प्रहरीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुशील रावलको नेतृत्वमा गएको टोलीले आज बिहान भारतबाट भन्सार छली गरेर ल्याइएको अवैध कुर्ता सुरवाल लगायतको सामाग्री र तस्करीमा प्रयोग गरिएको एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल  र साइकलसहित अवैध तस्करीमा संलग्न ५ जनालाई  पक्राउ गरेको जनाएको छ।

बाँके प्रहरीको टोलीले सामाग्रीसहित उनीहरुलाई नेपालगन्ज-१२ बाट पक्राउ गरेको जानकारी दिएको छ। बरामद गरिएको २ लाख २५ हजार २ सय रुपैयाँ बराबरका अवैध सामाग्री, मोटरसाइकल , साइकलसहित पक्राउ परेका ५ जनालाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

यतिबेला बाँके प्रहरीको कमाण्ड सम्हालिरहेका प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहरा तस्करीविरुद्द खरो रुपमा उत्रदै आएका छन् । अवैध गतिविधि र  तस्करीविरुद्द कुनै सम्झौता नगर्ने बताउँने एसपी बोहरा बाँकेको समग्र शान्तिसुरक्षाप्रति निकै कतिवद्द्द भएर लाग्दै आएका छन् ।

 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्