शिवशक्ति माविले जित्यो राप्तीसोनारी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड

आइतबार, माघ १४, २०८०
Neuro hospital Nepalgunj

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप तथा १६ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि  शिवशक्ती माविले जितेको छ।

राप्तीसोनारी-४ बैजापुरस्थित जनशक्ति माध्यामिक विद्यालयमा आयोजित प्रतियोगिताको उपाधि शिवशक्ती माविले हात पार्दा सरस्वती मावि दोस्रो हुन सफल भएको छ।

शिवशक्ति माविले १७ स्वर्ण, ५ रजत र ५ कास्य पदक जित्दै अध्यक्ष कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको उपाधि उचालेको हो। यसैगरी सरस्वती माविले १३ स्वर्ण, ५ रजत र ८ कास्य पदक हात पार्दै दोस्रो  बन्यो ।

त्यस्तै नेपाल राष्ट्रिय मावि अगैयाले भने १० स्वर्ण, ८ रजत र ७ कास्य पदक जित्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भयो । गणेश मावि ढकेरीले ५ स्वर्ण, ४ रजत र ४ कास्य, सिद्देश्वर माविले ४ स्वर्ण, ८ रजत र ६ कास्य, लक्ष्मी मावि मदुईले ४ स्वर्ण, ८ रजत र २ कास्य पदक हात पार्यो । भुवर भवानी माविले २ स्वर्ण, ४ रजत र १ कास्य, अमरज्योति नन्कैपुरले १ स्वर्ण, १ रजत र २ कास्य, नेरा मावि गुलरीले १ स्वर्ण, १ रजत र १ कास्य, गौतम इंगिलिस माविले १ स्वर्ण, शम्शेरगन्ज इंग्लिस मिडियमले १ स्वर्ण, दिप प्रकाश आवासिय विद्यालयले १ स्वर्ण हात पारे ।

त्यसैगरी दुर्गा भवानी माविले १ कास्य, जन जागृति माविले १ रजत, नेरामावि टिकुलीपुरले ३ कास्य र चिल्डे«न प्याराडाइजले २ कास्य हात पार्न सफल भए । यसैगरी एथलेटिक्समा छात्रतर्फ उत्कृष्ट खेलाडी नेरामावि अगैयाका बिमल चौधरीले घोषित भए भने छात्रातर्फ सरस्वती मावि भवानीपुरकी सम्झना थारु घोषित भइन् । त्यसैगरी भलिबलमा छात्रतर्फ लक्ष्मी मावि मदुईका रविन्द्र थारु र छात्रातर्फ सरस्वती माविकी लक्ष्मी थारु उत्कृष्ट खेलाडी घोषित भइन्।

एथलेटिक्समा उत्कृष्ट छात्र विद्यालयमा नेरा मावि अगैया प्रथम, शिवशक्ती मावि पेरानी द्धितिय र भुवर भवानी मावि विनौना तृतीय भए । एथलेटिक्समा उत्कृष्ट छात्रा विद्यालयमा प्रथम सरस्वती मावि भवानीयापुर, द्धितियमा नेरा मावि अगैया र तृतीयमा सिद्देश्वर मावि सिधनवा भए । यसैगरी भलिबलमा उत्कृष्ट छात्र विद्यालयमा प्रथम लक्ष्मी मावि मदुई, द्धितिय भुवरभवानी मावि र तृतीयमा चिल्डे«न प्याराडाइज घोषित भए ।

भलिबलमा उत्कृष्ट छात्रा विद्यालयमा सरस्वती मावि भवानीयापुर प्र्रथम, नेरा मावि चिलहरीया द्धितिय र जनशक्ती मावि बैजापुर तृतीय भए । अनुशासनमा जनशक्ती मावि बैजापुर पुरष्कृत भयो । यसैगरी रनिङ शिल्डमा शिवशक्ती मावि प्रथम, सरस्वती मावि भवानीयापुर दोस्रो र नेरामावि अगैया तेस्रो भए । त्यसैगरी कबड्डीमा छात्रतर्फ सिद्देश्वर मावि सिधनवाका विजय तेली र छात्रातर्फ नेरामावि अगैयाकी हिमानी सुनार उत्कृष्ट भए ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्