'समुदायमा कांग्रेस' अभियानका लागि को केन्द्रीय प्रतिनिधि कहाँ खटिए?

शनिबार, माघ १३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आजदेखि सुरु भएको नेपाली कांग्रेसको 'समुदायमा कांग्रेस' अभियानका लागि देशभरका अधिकांश जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।

आज झापाको मेची पुलबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्वारा सुरु गरिएको यो अभियानमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला छन् । उनीहरुसंगै नेता  प्रदीप पौडेल पनि सहभागी भएका छन् । 

देशका उच्च पहाडी तथा हिमाली जिल्लामा अत्याधिक चिसोका कारण यो  अभियान सञ्चालन गर्न कठिन हुने बताउँदै कांग्रेसले  सोलुखुम्बु, खोटाङ, मनाङ, मुस्ताङ, डोल्पा,जुम्ला, मुगु, हुम्ला, कालीकोट र दैलेख जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छैन् ।

कांग्रेसले खटाएका केन्द्रीय प्रतिनिधिहरुले १६ गते देशभरका वडाहरुका कार्यक्रम गरेर कांग्रेसले समुदायमा कांग्रेस अभियान सुरु गर्नेछ । त्यसपछि २६ गतेसम्म अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरु हुनेछन् । 

यस्तो छ कांग्रेसले खटाएका केन्द्रीय प्रतिनिधिहरुको नामावली -

 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्