नेपालगन्जको जमुनाहबाट ब्राउनसुगरसहित २१ वर्षीय युवक पक्राउ

शनिबार, माघ १३, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपालगन्जको जमुनाह नाकाबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार साँझ भारतको रुपईडिहाबाट जमुनाह नाका हुँदै नेपालगन्ज आउँदै गरेका सुर्खेतका २१ वर्षीय राज वलीलाई नेपालगन्ज-१५ जमुनाह चेकपोष्टबाट इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध ब्युरोको संयुक्त टोलीले २ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

प्रहरीको टोलीले शंका लागेर वलीलाई चेकजाँच गर्दा उनको जुत्ताबाट २ ग्राम ब्राउनसुगर र २ थान मोबाइल बरामद गरेको हो।

पक्राउ परेका वलीसंग थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

 

 

  

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्