स्वर्णिम वाग्लेले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी

शनिबार, माघ १३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

पार्टी सभापति रवि लामिछाने दुई दिमे भारत भ्रमणमा जाने भएकाले उपसभापतिसमेत रहेका वाग्लेले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

वाग्ले भन्दा वरीयतामा माथी रहेका अर्का  उपसभापति डिपी अर्याल पनि लामिछानेसंगै भारत भ्रमणमा जाने भएकाले वाग्लेलाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको रास्वपाले जनाएको छ।

सभापति लामिछाने आज र भोलि भारतमा आयोजित कार्यक्रममा सहभागी हुनका लागि भारत गएका हुन् ।

 

 

 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्