आज एमाले सचिवालय बैठक बस्दै

शनिबार, असार ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । ललितपुरस्थित बालकुमारीमा रहेको नेकपा एमाले पार्टी कार्यालयमा सचिवालय बैठक बस्दैछ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने  बैठकमा समसमायिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक संगठनका निर्माणका बारेमा समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

सचिवालय बैठक बस्नुअघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रुपमा छलफल गरेका थिए । उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गरेपछि आज सचिवालय बैठक बोलाइएको हो । 

बैठकले सांगठानिक संरचना, केन्द्रीय नेताहरुको कार्यविभाजन तथा अन्य विषयमा छलफल गर्नेछ । 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्