राष्ट्रिय सभामा लुम्बिनीबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी

बिहीबार, माघ ११, २०८०
Neuro hospital Nepalgunj

लुम्बिनी । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा  सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

दुई जनाका लागि ६ जना प्रतिस्पर्धी रहेकामा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका हुन् ।

सापकोटाले ५ हजार ४३५ मत भार प्राप्त गरी विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी तुलसा केसीले २ हजार ८६७ मत ल्याएर पराजित भइन् । सापकोटा कांग्रेसको संस्थापन इतरकी हुन् । 

अन्यमा माओवादी केन्द्रका सुवेदी निर्वाचित भएका छन् । रोल्पाका सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गरेर विजयी भएको अधिकृत कुलप्रसाद पाण्डेले जनाए ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्