राष्ट्रिय सभा: गठबन्धनका उम्मेदवारलाई हराउँदै कोशीमा एमालेकी कोइराला विजयी

बिहीबार, माघ ११, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।

एमालेकी कोइरालाले नेकपा माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराएकी हुन् ।कोइरालाले कार्कीलाई १०० मतभारले पराजित गर्दै निर्वाचित भएकी हुन् ।

एमाले र राष्ट्रिय प्रजातान्त्र पार्टी ( राप्रपा ) को समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाएकी हुन् ।

 

 

 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्