स्वतन्त्रबाट जितेका तीन जना मेयरले गरेनन राष्ट्रिय सभामा मतदान

बिहीबार, माघ ११, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । राष्ट्रिय सभा चुनावमा तीन जना स्वतन्त्र उम्मेदवारहरुले  मतदान गरेनन् । बिहीबार भएको निर्वाचनमा उनीहरुले मतदान नगरेका हुन् । 

स्थानीय तहका तीन जना नगर प्रमुखहरु मध्ये  काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र  साह (बालेन), धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले आज भएको राष्ट्रिय सभा चुनावमा मतदान नगरेका हुन् ।

सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा आज बिहान ९ बजेबाट शुरु भएर दिउँसो ३ बजेसम्म चलेको मतदान कार्यमा उनीहरु सहभागी नभएका निर्वाचन आयोगले जनाएको छ ।  तीनै जनाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्