कर्णाली प्रदेशमा सकियो राष्ट्रिय सभा चुनावको मतदान

बिहीबार, माघ ११, २०८०
Neuro hospital Nepalgunj

सुर्खेत । आज देशभरमा राष्ट्रिय सभा चुनाव हुँदैछ। देशभरका सात ओटै प्रदेशमा आज  राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान हुँदै गर्दा ३ सदस्यका लागि कर्णाली प्रदेशमा भएको मतदान भने सकिसकेको छ । प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान शुरु भएको थियो ।  

कर्णाली प्रदेशमा प्रदेश सभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कर्णालीमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चि अन्य, नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) उम्मेदवार छन् । 

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन्।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्