राष्ट्रिय सभा चुनावमा मतदान गर्न गएनन् बालेन

बिहीबार, माघ ११, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह( बालेन) राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन् । बालेन काठमाडौंमै छन् ।

काठमाडौंकी उपमेयर सुनिता डंगोल भने मतदान गर्न हेटौंडा पुगेकी छिन् । बालेनको सचिवालयले व्यस्तताका कारण नगएको बताएको छ।

बागमती प्रदेशको राष्ट्रिय सभा चुनावको मतदान हेटौंडामा भइरहेको छ। मतदान आज दिउँसो ३ बजेसम्म हुनेछ।

मतदानमा बागमती प्रदेशका ११० सांसद मध्य ९९ जनाले मतदान गरेका छन् भने २३६ स्थानीय तहका प्रमुख र उप प्रमुखमा अहिलेसम्म २२९ जनाले मतदान गरेका छन् । उनीहरु मतदान स्थलमा अनुपस्थित छन् ।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्