सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । उच्च अदालत स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत सुनिता पौडेलले सरुवा वदरको मागसहित दायर गरेको रिट खारेज गरेको छ ।
पौडेललाई लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयले गएको साउन ३१ गते स्वास्थ्य निर्देशनालय दाङमा सरुवा गरेको थियो ।
नियमित प्रक्रिया भन्दै मन्त्रालयले पौडेलसहित ठूलो संख्यामा प्रदेशका स्वास्थ्यका कर्मचारीको सरुवा गरेको थियो । अन्य सबै कर्मचारी सरुवा भएका स्थानमा रमाना बुझेर गए पनि पौडेल भने सरुवा बदरको माग गर्दै अदालत पुगेकी थिइन् ।
लुम्विनी प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाई उनले दायर रिटको अन्तिम सुनुवाई गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासलका न्यायधीशद्वय टंकप्रसाद गुरुङ र केशबराज जोशीको संयुक्त इजलासले बुधबार पौडेलको रिट खारेज गरेको हो ।
लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयको सरुवाको निर्णयलाई उच्चले सदर गरिदिएको छ । उच्चको निर्णयसँगै वरिष्ठ जनस्वास्थ्य अधिकृत पौडेल अब स्वास्थ्य निर्देशनालय दाङमा हाजिर हुनुपर्नेछ ।