रुसी जहाज युक्रेनमा दुर्घटना हुँदा ७४ जनाको मृत्यु, युक्रेनले खसालेको रुसको आरोप

बिहीबार, माघ ११, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । युक्रेनमा रुसी जहाज दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ।

जहाजमा सवार चालक दलका ६ सदस्यसहित ७४ जना सवार रहेको उक्त इल्युशिन–७६  सैन्य जहाज युक्रेनको याबलोनोवोमा दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

उक्त जहाजमा सवार सबैको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। जहाजम ६५ जना युक्रेनी युद्दबन्दी, ६ जना चालक दलका सदस्य र ३ जना एस्कर्ट गार्ड सवार थिए ।

रुसले युक्रेनले आफ्नो जहाजलाई रकेट प्रहार गएर खसालेको आरोप लगाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्