शेखर कोइराला निवास विराटनगरमा गगनसंगै पुगे सिटौला

बुधबार, माघ १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । विराटनगरमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला , महामन्त्री गगन थापा र कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला एक साथ पुगेका छन्। 

आज बिहान नेपाली कांग्रेस नेता शेखर कोइरालाले आफ्नो निवासमा आयोजना गरेको चियापान कार्यक्रममा नेता त्रयबीच भेटघाट भएको छ। 

आउँदो राष्ट्रियसभा सदस्य निर्वाचनमा सिटौला कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् । आज बिहान  कोइराला निवासमा भएको चियापानमा कार्यक्रममा बधाई साटासाट भएको छ । दुवै नेताले सिटौलालाई राष्ट्रियसभा सदस्य निर्वाचनका लाग बधाई दिएका छन् । 

चियापानमा कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की,  कांग्रेस नेता मिनेन्द्र रिजाल, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा  लगायत काँग्रेस नेताहरू उपस्थित थिए ।  

महामन्त्री थापा जनताका समस्या बुझ्न संवाद यात्राका लागि पूर्व निस्किएका हुन् ।   आगामी माघ १३ गते  झापाको भद्रपुर मेची पुलबाट गगनले उक्त अभियान थाल्ने तयारीमा छन् ।  यसअघि सिटौलाका पक्षमा रहेका गगन थापा कोइराला समूहमा गएका थिए । नेता त्रयको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।   

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्