ललितपुरका नापी सर्वेक्षकसहित तीन जना रंगेहात घुससहित पक्राउ

बुधबार, माघ १०, २०८०
Neuro hospital Nepalgunj

ललितपुर । नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित तीन जनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले रंगेहात घुससहित पक्राउ गरेको छ।

अख्तियारको टोलीले  सर्वेक्षक रामवीर यादव,  लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० रुपैयाँ घुससहित पक्राउ गरेको हो। 

उनीहरुले घुस मागिरहेको सूचना पाएपछि अख्तियारले गरेको स्टिङ अपरेसनमा उनीहरुलाई कार्यालय परिसरबाट घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

मंगलबार पक्राउ परेका उनीहरूसंग थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्