भायानेटले ल्यायो 'एक किन्दा एक उपहार ' अफर

मंगलबार, माघ ९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि पहिलो पटक भायानेट कम्युनिकेसन लिमिटेडले  'बाइ वान गिफ्ट वान फ्री' (एक किन्दा एक उपहार) इन्टरनेट योजना ल्याएको छ। 

भायानेटको यो अफरमा इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् र बदलामा आफ्नो लागि थप १ महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा योग्य हुनको लागि भायानेटका ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबीपीएस वा सो भन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने हुन्छ । 

एक पटक योग्य भएपछि  ग्राहकले एसएमएसमार्फत उपहार भौचर कोड प्राप्त गर्न सक्ने र आफ्नो प्रियजनलाई प्रदान गर्न सक्ने भायानेटले जनाएको छ। 

गिफ्ट भाउचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस ३ महिनाको रु २७००ं भ्याट बराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्ने पनि कम्पनीले जनाएको छ । 

उपहार भाउचर नयाँ जडानको लागि मात्र उपलब्ध छ र  यसमा जडान शुल्क भने लागू हुनेछ । उपहार भौचर दाबी गरिसकेपछि आफ्नो प्रियजनलाई उपहार भाउचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत १ महिनाको इन्टरनेट निःशुल्क पाउने छन्। यो अफरलाई थप आकर्षक बनाउन भायानेटले १२५ एमबीपीएस ३ महिनाको प्याकेजमा नयाँ आकर्षक छुट सहितको मूल्य सार्वजनिक गरेको छ ।  जसको मुल्य मात्र  रु.२७००ंभ्याट पर्नेछ । 

"हामी हाम्रा ग्राहकहरूका लागि यो आकर्षक योजना ल्याउन पाउँदा खुशी छौँ । हामी विश्वास गर्छौं कि कनेक्टिभिटीको उपहार,  विशेष गरी आजको द्रूत रूपमा डिजिटलाइजिङ संसारमा अर्थपूर्ण मात्र होइन मूल्यवान पनि छ । हाम्रो संस्थाको ग्राहक वृद्धि गराउनमा स्वम ग्राहकहरू सबैभन्दा ठूलो शक्ति र ग्राहक रेफरल मुख्य स्रोत रहँदै आएको छ । हाम्रा सेवाहरू रेफर गर्ने ग्राहकहरूको उच्च संख्या हुनु ग्राहकको सेवा प्रती हाम्रो निरन्तर प्रतिबद्धताको प्रमाण हो। हाम्रा सेवाहरूलाई अझ धेरै ग्रहकले रेफर गर्दै यस परियोजना बाट धेरै भन्दा धेरै ग्राहकले फाईदा लिन सकुन भनेर नै यस इन्टरनेट उपहार दिने अवधारणा ल्याएका हौँ ", भायानेटका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले बताए । 

भायानेट परिवारमा सामेल हुने र आफ्ना प्रियजनलाई उच्च गतिको इन्टरनेट उपहार दिने यो आकर्षक योजनाको लाभ लिन नछुटाउन पनि भायानेटले आह्वान गरेको छ । भायानेट र बाई वान गिफ्ट वान फ्री योजनाबारे थप जानकारीको लागि www.vianet.com.np  मा जान वा ०१-५९७०६४४ मा सम्पर्क गर्न पनि भायानेटले आग्रह गरेको छ ।  भायानेटले समय समयमा ग्राहकहरुका लागि आकर्षक योजना ल्याउदै आएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्