काठमाडौंको न्यूरोडका व्यापारीहरु सटर बन्द गरेर सडकमा

मंगलबार, माघ ९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । काठमाडौंको न्यूरोडका व्यापारीहरु पसलका सटर बन्द गरेर सडकमा आन्दोलनमा उत्रिएका छन्।

काठमाडौँ महानगरपालिकाले न्यूरोडमा गरेको पार्किङ निषेधको विरोधमा व्यापारीहरुले आ-आफ्ना पसलका सटरहरु बन्द गरेर आन्दोलित भएका हुन् ।

पार्किङ बन्द गरेर व्यापार नहुने भन्दै उनीहरुले पार्किङ खोल्न माग गरेका हुन् । उनीहरु सटर बन्द गरेर सडकमा आई आन्दोलन गरेका हुन् । 

महानगरपालिकाले आजदेखि न्यूरोडमा पार्किङ निषेध गरेको हो । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा ३ सय वटा चार पाङ्ग्रे र ७ सय ओटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए ।

पाण्डेले आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने बताए । उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताए ।यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्