१९ दिनपछि बाँकेमा घाम लाग्यो, स्थानीयलाई राहत

मंगलबार, माघ ९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । दुई साता भन्दा बढी घाम नलागेको बाँकेमा सुर्यले दर्शन दिएपछि त्यहाँका स्थानीयहरुले आज राहत महशुस गरेका छन् ।

जिल्लाभर १९ दिनपछि घाम लागेपछि नेपालगन्ज , कोहलपुर , राप्तीसोनारी, डुडुवा , नरैनापुर लगायत अन्य स्थानका मानिहरु पारिलो घाममा बसिरहेको दृश्य देख्न सकिन्छ ।  मानिसहरु घरका छत तथा कौसी, घरका आगन तथा खेतका आलिहरुमा घाम तापिरहेका छन् ।

घाम लागेपछि मजदुरी गर्ने मजदुरलाई बढी  राहत मिलेको छ भने स्कुले विधार्थीहरुलाई पनि पठनपाठनमा सहज बनेको छ।

घाम नलागेर अत्यधिक चिसोसंगै शीतलहर झेल्दै आएका स्थानीयहरु आज घाम देखेपछि फुरुङ्ग भएका छन् । अत्याधिक चिसोका कारण बाँकेका अधिकांश स्कुल बन्द छन भने कतिपय स्कुल सन्चालनमा आइसकेका छन् । बाँकेमा जाडोमा अधिक जाडो र गर्मीमा पनि अधिक गर्मी हुने ठाउँ हो ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्