सशस्त्र प्रहरीद्वारा वक्तित्वकलाको आयोजना, गोर्खा मोडेल प्रथम

मंगलबार, माघ ९, २०८०

काठमाडौं । २३औं सशस्त्र प्रहरी दिवसका अवसरमा वक्तित्वकला सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नम्बर ४१ रिजर्भ गण चन्द्रौटा (हाल अर्जुन खोला दाङ) को आयोजनामा वक्तित्वकलाको आयोजना गरिएको छ।

रिजर्भ गणको आयोजनामा आइतबार सम्पन्न वक्तित्वकलामा गोर्खा मोडेल सेकेण्डरी बोर्डिङ्ग स्कुल प्रथम भएको सशस्त्र प्रहरी बल नम्बर ४१ गणले जनाएको छ। 

सशस्त्र प्रहरीद्वारा आयोजना गरिएको वक्तित्वकलाको छात्रतर्फ सोही स्कुल प्रथम र  छात्रातर्फ पनि गोर्खा मोडेल सेकेण्डरी बोर्डिङ्ग स्कुल द्वितीय भएको हो।

त्यस्तै छात्रातर्फ जईन्द्र बोर्डिङ्ग स्कुल तेस्रो भएको सशस्त्र प्रहरी बल नम्बर ४१ गणले जानकारी दिएको छ। वक्तित्वकलामा विजेता तथा उपविजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो।

 २३ औं सशस्त्र प्रहरी दिवसमा सशस्त्र प्रहरीले देशभर विभिन्न कार्यक्रम गरिरहेको छ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्