फार्मेसी इन्चार्ज पोखरेल मृत्यु प्रकरण: प्रशासन प्रमुखसहित ४ जना पक्राउ

शनिबार, असार ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी इञ्चार्ज ३६ वर्षीय अमृत पोखरेलको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

स्टोर रुमको भरयाङ्गमा  झुण्डिएको अवस्थामा मृत भेटिएका पोखरेलको साथबाट २  वटा पानामा लेखिएको सुसाइड नोटमा आफूलाई फसाउन खोजिएको जिकिर गरेका थिए।

सुसाइड नोटमा 'आफूले गल्ती गरेर मलाई फसाउन खोज्ने, ब्ल्याकमेल गर्नेहरुको जय होस्’, उनले भनेका छन् । स्रोतका अनुसार उनले केही साथीहरुलाई उल्लेख गरेर धन्यवाद भनेका छन् भने परिवारबारे पनि लेखेका छन् ।

परिवारले प्रहरीमा आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई प्रहरीले पक्राउ गरेको छ

पोखरेल शुक्रबार बिहान साढे ८ झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । प्रहरीले पक्राउ गरेका चारै जनासँग थप अनुसन्धान गरिरहेको जनाएको छ।  मृतक पोखरेल अर्घाखाँची निवासी थिए।

 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्