लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

सोमबार, माघ ८, २०८०
Neuro hospital Nepalgunj

रुपन्देही । छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा लुम्बिनी प्रदेशमा तीन जनाको मृत्यु भएको छ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-३ महिलवार-पडरिया सडक खण्डको लंकापुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको रुपन्देहीले प्रहरीले जानकारी दिएको छ।

गएराति हुस्सु र कुहिरोका कारण लंकापुरमा  लु५८प २७२८ नम्बरको र युपी ५५ एएन १११२ नम्बरको मोटरसाइकल ठोक्किँदा कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिका-५ हथिहवाका ४५ वर्षीय शिवशंकर यादव र भारतको उत्तरप्रदेश नौगढका ३० वर्षीय जयप्रकाश गुप्ताको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ।

उनीहरुको दुबै जनाको भैरहवास्थित भिम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार गुप्ता युपी ५५ एएन १११२ र यादव लु५८प २७२८ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए।

त्यस्तै पाल्पामा पनि मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

रम्भा गाउँपालिका-१ भुमरमा पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७५ मोटरसाइकल कालीगण्डकी करिडोरमा  दुर्घटना हुँदा रम्भा गाउँपालिका-१ असर्दीका २८ वर्षीय हेमन्त जी.टी. को मृत्यु भएको पाल्पा प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्