तनहुँमा मिनी ट्रक सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सोमबार, माघ ८, २०८०
Neuro hospital Nepalgunj

तनहुँ । तनहुँमा मिनी ट्रक सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्लाको देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा  दुई जनाको मृत्यु भएको तनहुँ प्रहरीलेले जानकारी दिएको छ ।  

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा देवघाट-३ दगाराका  ४५ वर्षीया बिमाया गुरुङ  र  ६५ वर्षीय नरबहादुर गुरुङ  रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको दमौली अस्पतालमा  आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी तनहुँले जनाएको छ।

दुर्घटना पश्चात् ट्रक चालक फरार भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्