राम मन्दिर प्राण प्रतिष्ठा: बाँकेको डुडुवामा आज सार्वजनिक बिदा

सोमबार, माघ ८, २०८०
Neuro hospital Nepalgunj

डुडुवा (बाँके)। भारतको अयोध्यामा नवनिर्मित श्री राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा बाँकेको डुडुवा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । 

श्रीराम जन्मभूमि भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा आज हुने प्राण प्रतिष्ठाका दिन गाउँपालिकाले बिदा दिएको हो । 

मन्दिरको प्राण प्रतिष्ठाको शुभ अवसरमा यस गाउँपालिकाभित्रका भक्त श्रद्धालुहरुले विभिन्न धार्मिक कार्यक्रमहरु गर्ने भएकाले उक्त दिन गाउँपालिका कार्यालय र मातहतका सबै निकायहरुमा सार्वजनिक विदा दिइएको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। साथै आज अत्यावश्यक बाहेक अन्य केही कार्य नहुने समेत अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष चौधरी र उपाध्यक्ष शाहिदा बानोले संयुक्त रुपमा सूचना निकालेर आज सार्वजनिक विदा  दिएका हुन् ।

 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्