परीक्षा बोर्डले निकाल्यो कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्ने सूचना (सूचनासहित)

सोमबार, माघ ८, २०८०

भक्तपुर ।  कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरेको छ । 

२०८१ सालमा सञ्चालन गरिने कक्षा ११ को ग्रेड वृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेड वृद्धि तर्फका (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७६ र ७७ भएका परीक्षार्थीहरूका लागि अन्तिम एक पटकका लागि मात्र) परीक्षार्थीहरूले २०८० साल माघ मसान्तभित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न भनिएको छ । 

यस्तो छ सूचना -(जुम गरेर हेर्नुहोस् )

 

 

 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्