अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा

सोमबार, माघ ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आज भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ । हजारौँ हिन्दूधर्मीहरु अयोध्यामा पुगिसकेका छन्। त्यस्तै कयौं मानिसहरु पुग्ने क्रम जारी छ।

स्थानीय समयअनुसार आज बिहान ५ बजेदेखि नै मन्दिरको ढोका खुलेको छ । बिहान १० बजेदेखि मंगल ध्वनि बज्न सुरु हुनेछ । नयाँँ मन्दिरमा भगवान् रामको प्राण प्रतिष्ठा हुन लागेको हो । 

८ हजार भन्दा बढीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा दिइएको थियो । करिब ५० देशका मानिसलाई विशेष अतिथिका रुपमा बोलाइएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १०ः२० बजे अयोध्या पुग्नेछन् । त्यस्तै पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश–नीता अम्बानी, गौतम अदाणी, अमिताभ बच्चन, रजनीकान्त लगायतका अभिनेताहरुसमेत पुगिसकेका छन् । 

नरेन्द्र मोदीले मन्दिर बनाउने श्रमजीवीहरुसँग पनि कुराकानी गर्नेछन् । उनले कुबेर टीला गएर भगवान् शिवको पूजा गर्नेछन् । त्यस्तै साँझ दीप प्रज्वलित गरेर देशभर दिपावली मनाइने छ । 

यसअघि गत १६ जनवरीदेखि प्राण प्रतिष्ठाको प्रक्रिया सुरु भएको थियो । विभिन्न अनुष्ठान चलिरहेको थियो । भगवान् रामको नया मूर्ति माघ ३ गते मन्दिर परिसरमा प्रवेश गराइएको थियो । 

गत वर्ष माघमा नेपालको कालीगण्डकीबाट राम मन्दिरका लागि दुई ओटा देवशीला अयोध्या लगिएको थियो । 

यस्तो छ अयोध्याको आजको कार्यक्रम–

विभिन्न राज्यका ५० भन्दा बढी वाद्ययन्त्रले बिहान १० बजेदेखि मंगल ध्वनि बजाउने छन् । 

१०ः३० बजे नरेन्द्र मोदी मन्दिर परिसरमा पुग्नेछन् ।

११ बजे अतिथिहरु पुग्नेछन् । 

बिहान ११ः३० बजे गर्भगृह पूजा हुनेछ । यो पूजा एक घण्टा चल्नेछ ।

१२ः२९ः०८ बजे शुभ मुहूर्तको क्षण हुनेछ । त्यो जम्मा ८४ सेकेन्डको हुनेछ । यो १२ः३०ः३२ बजेसम्म चल्नेछ । 

दिउँसो १२ः३० बजे मूख्य अतिथिहरुको भाषण हुनेछ । 

दिउँसो २ बजेदेखि ७ बजेसम्म अतिथिहरुले भगवान् रामको दर्शन गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्