दंगीशरण अन्तर विद्यालय रनिङ शिल्ड-'पश्चिम दाङको पहिचान बन्नुपर्छ खेलकुद': अर्थमन्त्री

आइतबार, माघ ७, २०८०
Neuro hospital Nepalgunj

लक्ष्मण बस्नेत /दाङ । दंगीशरण गाउँपालिका अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० आजदेखि सुरु भएको छ ।

दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुलीको संयोजनमा सन्चालित प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धन बहादुर मास्की गरे।

अर्थमन्त्री मास्कीले खेलकुद पश्चिम दाङको पहिचान बन्नुपर्ने बताउँदै खेलकुद मानव स्वास्थ्यको अभिन्न अंग भएको बताउँदै देशको समृद्धीमा यसको महत्वपूर्ण भूमिकालाई आत्मसात गर्दै पश्चिम दाङको पहिचान स्थापित गर्ने गरि यसको बिकासमा लाग्नुपर्ने बताए ।

खेलकुद राष्ट्रको सान र गौरवमा मात्र नभई पश्चिम दाङको पहिचान बन्नुपर्छ भन्दै यसका लागि प्रदेश सरकारका तर्फ अग्रनी भूमिका रहने उनले बताए।

उनले विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्नुपर्ने समेत बताए। खेलकुद क्षेत्रबाटै आफ्नो पहिचान स्थापित गर्ने गरि यसको बिकासमा लागि पर्ने  मन्त्री मास्कीले बताए  ।

कार्यक्रमका विशिष्ट अतिथी लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य शंकर गिरीले शिक्षा जत्तिकै लगानी खेलकुदमा हुनुपर्ने बताए। खेलकुद सिङ्गो राष्ट्रको पहिचान स्थापित गराउने दरिलो माध्यम हो, यसर्थ स्थानिय तहले ग्रामिण  स्तरबाटै खेल विकासको स्पष्ट खाँका कोर्न सके खेलकुदको बिकासले गति लिने गिरीले  बताए ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको कार्यक्रममा दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्का ,वडा नं. ६ का अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक रोशन जंग शाह,वडा नं. ७ का अध्यक्ष रेशम बहादुर वनी ,वडा नं. ३ का अध्यक्ष सुकलाल चौधरी, बिरेन्द्र नमुनाका विद्यालय ब्यबस्थापन समितिका कार्यबहाक अध्यक्ष बिनोद शर्मा,सिद्ध पृथ्वी माबि श्रीगाउँका प्रधानाध्यापक श्रीधर शर्मा,ज्ञानोदय विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एमएन शाह,जनता माबि बुटुनियाका ब्यबस्थापन समितिका अध्यक्ष माधव बिक लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।

रनिङ शिल्ड मूल समिति सदस्य मनोज केसीको स्वागत रहेको कार्यक्रमको उद्घाटन समारोहमा मार्चपास तथा विभिन्न कला संस्कृती, भेषभूषा झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।कार्यक्रमको सन्चाल्न दंगीशरण गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्यले गरेका थिए।

यसैबीच प्रतियोगिता अन्तर्गत आज सम्पन्न  एथलेटिक्स ट्रयाक तर्फ १०० मिटर छात्रतर्फ माबि श्रीगाउँका शिवम् एरी प्रथम,श्रीगाउँ लाईफ भिजनका सुनिल चौधरी द्वितिय र बिन्दिबासिनी माबिका प्रेम महतरा तृतिय भए । त्यस्तै छात्रातर्फ बिरेन्द्र माबि हेकुलीका नेत्रा डाँगी प्रथम, माबि श्रीगाउँका रोशनी सुनार द्वितिय र श्रीगाउँ लाईफ भिजनका पार्वती चौधरी तृतिय भए । यस्तै १५०० मिटर छात्रातर्फ बिरेन्द्र माबि हेकुलीका लुमा भण्डारी प्रथम,श्रीगाउँ लाईफ भिजनका कमला डाँगी द्वितिय र ज्ञानोदय माबिका गायत्री बस्नेत तृतीय भए । त्यस्तै छात्रतर्फ माबि श्रीगाउँका अशोक चौधरी प्रथम,बिरेन्द्र माबि हेकुलीका मेघराज भन्डारी द्वितिय र माबि बुटुनियाका अरुण बिश्वकर्मा तृतिय भएको एथलेटिक्सका वरिष्ठ प्रशिक्षक पद्मा चौधरीले जानकारी दिएकी छिन् ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ८ विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तरगत भोलि एथलेटिक्स, कबड्डी र भलिबल छात्र छात्रा तर्फ खेलहरु बिहान १० बजेदेखी सुरु हुने प्रतियोगिताका सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्