न्यूजिल्याण्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

आइतबार, माघ ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । साउथ अफ्रिकामा जारी एक दिवसीय यू-१९ विश्वकप क्रिकेट अन्तर्गत  पहिलो खेलमा नेपालले न्यूजिल्याण्डसँग खेलिरहेको हो।

पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले नेपाललाई  जितका लागि नेपालले ३०३ रनको चुनौती दिएको छ ।  टस जितेर न्यूजिल्याण्डले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३०२ रन बनायो। 

नेपालले शुरुआती १० ओभरमा सफलता हासिल गर्न नसके पनि त्यसपछि भने लगातार तीन विकेट लिएको थियो । १४.३ ओभरमा ६७ रन बनाउँदा न्यूजिल्याण्डले ३ विकेट गुमाएको थियो।  

त्यसपछि नेपालले ४१.५ ओभरमा मात्र चौथो विकेट लियो । चौथो विकेटका लागि १५७ रनको साझेदारी भएको थियो ।  

स्नेहिथ रेड्डी र कप्तान अस्कर ज्याक्सनले १५७ रनको साझेदारी गरेका हुन् । रेड्डीले नेपाली बलरहरुलाई निस्तेज पार्ने क्रममा रन बनाए । कप्तान अस्करले ७५ रन बनाए ।

त्यस्तै नेपालका तर्फबाट सुवास भण्डारीले ३, गुल्सनकुमार झाले २ , देव खनाल, तिलत राज भण्डारी र आकाश त्रिपाठीले १-१ विकेट लिए।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्