पत्रकारलाई ल्यापटप र क्यामेरा किन्न अनुदान दिदै प्रेस काउन्सिल

आइतबार, माघ ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  पत्रकारहरुलाई प्रेस काउन्सिल नेपालले  सामाग्री खरिदका लागि अनुदान दिने भएको छ।

काउन्सिलले आज एक सूचना जारी गर्दै पत्रकारलाई ल्यापटप र क्यामेरा खरिदमा अनुदान दिने भएको हो ।

काउन्सिलले ३० ओटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ ।

अनुदानमा एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ । यसैगरी क्यामेरा ओटा खरिदमा ३० देखि ४० प्रतिशत  र प्रेस काउन्सिलले १० जनालाई लेखनवृत्ति, ७ जनालाई शोधपत्र लेखनमा सघाउने छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्