यू-१९ विश्वकप क्रिकेट: नेपालविरुद्द ब्याटिङ गर्दै न्यूजिल्याण्ड

आइतबार, माघ ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । साउथ अफ्रिकामा जारी एक दिवसीय यू-१९ विश्वकप क्रिकेट अन्तर्गत अहिले नेपाल र  न्यूजिल्याण्ड खेल्दैछन् ।

साउथ अफ्रिकाको बफेलो पार्क स्टेडियममा भइरहेको समूह "डी" अन्तर्गतको खेलमा न्यूजिल्याण्ड टस जितेर ब्याटिङ गर्दैछ। नेपाललाई न्यूजिल्याण्डले अहिलेसम्म पराजित गर्न सकेको छैन । नेपालले दुई पटक न्यूजिल्याण्डलाई पराजित गरेको छ। सन् २००६ र २०१६ मा नेपालले न्यूजिल्याण्ड हराएको थियो।

नेपालका तर्फबाट कप्तान देव खनाल, गुल्सनकुमार झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवाष भण्डारी र दीपक बोहरा रहेका छन् । त्यस्तै उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् ।

नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानसँग जनवरी २४ र अफगानिस्तानसँग जनवरी २७ मा खेल्ने  छ।

साउथ अफ्रिकामा जारी  विश्वकपमा अमेरिका, बंगलादेश, भारत, आयरल्याण्ड , स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड , जिम्बावे, नामिबिया, अस्ट्रेलिया, श्रीलंका , नेपाल, पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्ड छन् । 

 

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्