पूर्वी नवलपरासीमा ९ महिने गर्भवती श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

आइतबार, माघ ७, २०८०
Neuro hospital Nepalgunj

कावासोती । पूर्वी नवलपरासीमा श्रीमानले आफ्नै गर्भवती श्रीमतीको हत्या गरेका छन् ।

जिल्ला सदरमुकाम नवलपुरको हुप्सेकोट-६ बिरुखर्कका शेरबहादुर लम्का मगरले ९ महिनाकी गर्भवती श्रीमती चनिसरा लम्का मगरको खुर्पा र कोदाले हानी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

आफूसँगै सुतिरहेकी गर्भवती श्रीमतीलाई कोदालो र खुर्पाले प्रहार गर्दा  घटनास्थलमा नै मृत्यु भएको प्रहरी  जनाएको छ ।

प्रहरीले श्रीमानलाई घटनामा प्रयोग गरिएका हतियार  कोदालो र खुर्पासहित पक्राउ गरेको छ। नवलपुर प्रहरीले घटना बारेमा थप अनुसन्धान गरिरहेको  जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्