असंलग्न आन्दोलनका सिद्धान्तहरू हाम्रा लागि महत्त्वपूर्ण छ: प्रधानमन्त्री 

आइतबार, माघ ७, २०८०

काठमाडौं । असंलग्नता र यसका सिद्धान्तहरू नेपालको परराष्ट्र नीतिको आधारभूत मान्यता रहेको     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  बताएका छन्।

युगान्डाकाबाट फर्के लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउँदै भने, ‘म युगान्डाको कम्पाला पुग्दा त्यहाँको विमानस्थलमा युगान्डाका मन्त्री एस्थर डी अनयाकुन, नेपालका परराष्ट्रसचिव श्री सेवा लम्साल र अन्य उच्च पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो। विमानस्थलमा सांस्कृतिक झाँकीसहितको स्वागत पाउँदा युगान्डामा नेपाल र नेपाली सम्मानित भएको महसुस गरेँ।’

प्रधानमन्त्री प्रचण्डले नामको पहिलो सम्मेलन देखिनै नेपालले असंलग्नताका आधारमा अन्तर्राष्ट्रिय रूपमा जटिल परिस्थितिहरूका बाबजुद सबै अवस्थामा मौलिक दृष्टिकोणका साथ स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आएको बताए।

उनले नेपालले  सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने बताउँदै असंलग्न आन्दोलनका सिद्धान्तहरू र यसका मूल्य तथा  मान्यता हाम्रा लागि महत्त्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्धान्त रहेको जिकिर गरे ।

‘यसको परिपालनाले शान्ति, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारेँ। यस आन्दोलनले हामीहरूबिच आपसी सद्भाव, सहयोग तथा सहकार्य अभिवृद्धि गर्नुका लागि अन्तर्राष्ट्रियस्तरमा मान तथा प्रतिष्ठा बढाउन योगदान गरी रहेको जनाएँ,’ प्रधानमन्त्रीले बताए ।

त्यस्तै अहिले रुसले नेपालीहरुलाई फर्काउन तत्काल मानिहाल्ने अवस्था नरहेको बताएछन् । आफुले रुसी उपविदेश मन्त्रीसँग गैरकानुनी रुपले रुसमा गएर सेनामा भर्ती भएकालाई फर्काउन आग्रह गरेको बताए। तर सेनामा भर्ती भएकालाई रुसले तुरुन्तै फर्काउने अवस्था नरहेको समेत प्रधानमन्त्री प्रचण्डले बताए।

 

 

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्