नेपालगञ्जमा राष्ट्रपति रनिङ शिल्डसंगै मेयर कप फुटबल आजदेखि सुरु

आइतबार, माघ ७, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्जमा मेयर कप फुटबल तथा छैटौंं विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने प्रतियोगिता नेपालगञ्जस्थित मंगलप्रसाद माविको खेल मैदानमा आयोजना गरिँदैछ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना एवम् प्याब्सन नेपालगञ्जको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता उद्घाटन अघि आज विहान नगरमा प्रभातफेरि निकालिएको छ ।

प्रभातफेरिमा महिलाहरुले पञ्जेबाजा बजाएका थिए । विभिन्न विद्यालयका विद्यार्थी सम्मिलित प्रभातफेरिमा नगर प्रमुख प्रशान्त विष्ट, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा लगायत आयोजक, व्यवस्थापक, शिक्षक र सरोकारवाला सहभागी थिए ।प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशकी सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्