राष्ट्रिय सभा चुनाव: नेपाली कांग्रेस प्रदेशस्तरमा जाँदै

आइतबार, माघ ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसले गठन गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचार–प्रसारका निम्ति प्रदेशस्तरमा जाने निर्णय गरेको छ । 

समितिको  बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरणका लागि विभिन्न प्रदेश जाने निर्णय गरेको समितिका सचिव केशवराज जोशीले जानकारी दिए ।

“राष्ट्रिय सभा सदस्य निर्वाचनका सन्दर्भमा सातवटै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरियो”, बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ । समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा यही माघ ११ मा हुने निर्वाचनका लागि पार्टीका उम्मेदवारसँग छलफल भएको थियो । 

राष्ट्रिय सभाका रिक्त हुन लागेका कूल १९ सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलले आपसमा सिट बाँडफाँट गरेका छन् । जसअनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादीले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सिट लिएका छन्।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्