यू-१९ विश्वकप क्रिकेट: आज नेपालले न्यूजिल्याण्डसँग खेल्दै

आइतबार, माघ ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  साउथ अफ्रिकामा जारी एक दिवसीय यू-१९ विश्वकप क्रिकेटमा आज नेपाल न्यूजिल्याण्डसँग खेल्दैछ।

आज दिउँसो नेपाली समयअनुसार १:४५ बजे नेपालले आफ्नो पहिलो खेल र न्यूजिल्याण्डविरुद्द खेल्दैछ।

समूह "डी"  मा रहेको नेपाललाई न्यूजिल्याण्डले अहिलेसम्म पराजित गर्न सकेको छैन । नेपालले दुई पटक न्यूजिल्याण्डलाई पराजित गरेको छ। सन् २००६ र २०१६ मा नेपालले न्यूजिल्याण्ड हराएको थियो।

नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानसँग जनवरी २४ र अफगानिस्तानसँग जनवरी २७ मा खेल्ने  छ।

साउथ अफ्रिकामा जारी यस विश्वकपमा अमेरिका, बंगलादेश, भारत, आयरल्याण्ड , स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड , जिम्बावे, नामिबिया, अस्ट्रेलिया, श्रीलंका , नेपाल, पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्ड सहभागी छन् । 

 

 

 

 

  

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्