सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । आजदेखि नेपाल टेलिकमको समर अफर लागू भएको छ । यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको छ ।
त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक बनाइएको टेलिकमले जनाएको छ ।
समर अफर अन्तर्गत उपलब्ध प्याकहरुमा अल टाइम डाटा प्याक अन्तर्गत रु। ५०० मा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र रु। ८०० मा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।
त्यस्तै प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ ।
साथै सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुनेछ भने मेसिन टु मेसिन सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ ।
कर्पोरेट वर्गमा लोकप्रिय सियूजी प्याकलाई थप आकर्षक बनाइएको टेलिकमले जनाएको छ । साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिंदै आएको फेयर युजेज पोलिसी ९एफयूपी० बमोजिम तोकिएको परिमाण उपभोगपछि लागु हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको टेलिकमले जनाएको छ ।