एसीसी इमर्जिङ क्रिकेट कप खेल्ने नेपाली टोलीको घोषणा

शुक्रबार, असार २२, २०८०

काठमाडौं । जुलाई १३ देखि २३ सम्म  श्रीलंकामा हुने एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।

राष्ट्रिय टोलीको कप्तानमा  रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो यथावत् छन् ।

टोलीको नयाँ सदस्यहरुमा  देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान पाएका छन्। राष्ट्रिय टोलीबाट  करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ल बाहिरिएका छन् ।  सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० खेल्न क्यानडा जाने भएकाले टिममा नपरेका हुन् ।

इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्नेछन् । नेपाल प्रिमियर कपको विजेता बनेको थियो ।

इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् ।श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् । नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ।

नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । नेपाली टोली आज मात्रै जिम्वाब्बेबाट विश्वकप छनौट खेलेर फर्किएको हो।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्