यू-१९ विश्वकप क्रिकेट: आज ४ एसियाली र दुई युरोपियन राष्ट्रबीच प्रतिस्पर्धा

शनिबार, माघ ६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । साउथ अफ्रिकामा जारी एक दिवसीय यू-१९ विश्वकप क्रिकेटमा आज निकै रोमाञ्चक प्रतिस्पर्धा हुँदैछन् । 

आज दिउँसोबाट सुरु हुने खेलमा एसियायी राष्ट्रहरु एक आपसमा भिड्दैछन् । आज अफगानिस्तानसंग पाकिस्तान , बंगलादेश र भारतबीच खेल हुँदैछ। त्यस्तै आजको अर्को खेलमा युरोपियन राष्ट्र इङ्गल्याण्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।

पहिलो खेलमा समूह 'ए' मा रहेको भारतले समूह 'ए' कै एसियाली राष्ट्र बंगलादेशसंग खेल्दैछ। त्यस्तै समूह 'डी' मा रहेका अफगानिस्तान र पाकिस्तानबीच आजै दिउँसो  दोस्रो खेल हुँदैछ।

समूह  'बी' मा रहेका इङ्गल्याण्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा नेपाली समय अनुसार १: ४५ बजे तेस्रो खेल हुँदैछ।

समूह 'डी' मा रहेको नेपालले भने भोलि न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। समूह 'डी' नेपालसहित पाकिस्तान , अफगानिस्तान र न्यूजिल्याण्ड रहेका छन् । साउथ अफ्रिकामा जारी यस विश्वकपमा अमेरिका, बंगलादेश, भारत, आयरल्याण्ड , स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड , जिम्बावे, नामिबिया, अस्ट्रेलिया, श्रीलंका , नेपाल, पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्ड सहभागी छन् । 

विश्वकपको पहिलो दिनको खेलमा आयोजक साउथ अफ्रिकाले वेस्ट इन्डिजलाई र आयरल्यान्डले अमेरिकालाई पराजित गरेका थिए।

 

 

 

 

  

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्