तीन जना खुंखार चोर बाँके प्रहरीको फन्दामा

शनिबार, माघ ६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । जिल्ला प्रहरी बाँकेले नेपालगन्जबाट विभिन्न चोरीका घटनामा संलग्न खुंखार चोरहरुलाई पक्राउ गरेको छ। बाँके प्रहरीले नेपालगन्ज-१५ का गुड्डु जसगढ, नेपालगन्ज-२२ का हकिकत अलि किङरिया र नेपालगञ्ज-१४ का राजु जसगढलाई चोरीको आरोपमा पक्राउ गरेको हो ।

बाँके प्रहरीका प्रवक्ता नारायण डाँगीले पक्राउ परेका गुड्डुले नेपालगन्ज-९ बाट घरमा राखेको इ-रिक्सा चोरी गरेका र  हकिकतले नेपालगन्ज मेडिकल कलेजका बिरामी र कुरुवाको मोबाइल चोरी गरेको जानकारी दिएका छन् ।

त्यस्तै राजुले नेपालगन्ज-१० भृकुटीनगरमा ने १ ह १०३६ नम्बरको इ-रिक्सा चोरी गरेर लैजाने क्रममा बाँके प्रहरीको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको हो। 

पक्राउ परेका उनीहरुसँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्