अमेरिकी सहायक विदेशमन्त्री लु र कांग्रेस सभापति देउवाबीच भेटघाट

शुक्रबार, असार २९, २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

सहायक विदेशमन्त्री लु देउवालाई भेट्न देउवानिवास  धुम्बाराही पुगेका थिए। सभापति देउवाले लुसँगको भेटघाट फलदायी भएको बताएका छन् ।

भेटवार्ताका क्रममा लु र देउवाले नेपाल र अमेरिकाको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।

सहायक विदेशमन्त्री लु आज  बिहान काठमाडौं आइपुगेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्