२ करोड रुपैयाँ नगदसहित कपडा व्यापारी नियन्त्रणमा

शुक्रबार, माघ ५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  अवैध विदेशी मुद्रा, हुण्डी र सुन कारोवारमा संलग्न रहेको आरोपमा राजश्व अनुसन्धान विभागले एक  कपडा व्यापारीलाई नियन्त्रणमा लिएको छ। कपडा व्यापारी नरेश अग्रवाललाई उनकै घरबाट राजस्व अनुसन्धान विभागले गएराति अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो । 

विभागको टोलीले  राति क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी दुई करोड नगदसहित नियन्त्रणमा लिइएको जनाएको छ। 

अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विभागले जनाएको छ । अग्रवालको घरबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्