ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत् आपूर्ति बन्द हुँदै 

शुक्रबार, माघ ५, २०८०
Neuro hospital Nepalgunj

ललितपुर । ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टा  विद्युत् आपूर्ति बन्द अवरुद्द हुँदैछ । ललितपुरको चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गरिरहेकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरण लगनखेल वितरण केन्द्रले जनाएको छ। 

प्राधिकरणका अनुसार  आज बिहान १० बजेदेखि गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा विद्युत् आपूर्ति अवरुद्द हुनेछ ।

यसैगरी ललितपुरको लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि विद्युत् आपूर्ति अवरुद्द हुने  प्राधिकरणले जानकारी दिएको छ ।

यी स्थानमा हुनेछ विद्युत् आपूर्ति अवरुद्द-

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्