राप्तीसोनारीमा जाडो बिदा, दुर्घटना न्युनीकरण गर्न बैजापुर चोकमा सिसी क्यामेरा जडान

बिहीबार, माघ ४, २०८०
Neuro hospital Nepalgunj

 काठमाडौं  । बाँकेको राप्तीसोनारी गाउँपालिकाले विद्यालयहरुमा जाडो विदा दिएको छ । अत्याधिक चिसो बढेपछि भोलिदेखि माघ ७ गतेसम्म  पठनपाठन बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्रका सबै विद्यालयहरुमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिएका छन् ।

बाँकेमा दुई सातादेखि राम्रोसंग घाम लाग्न सकेको छैन । चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिकाले पनि विद्यालयमा जाडो विदा दिएका छन्  ।  

बैजापुरमा सिसी क्यामेरा जडान 

सडक दुर्घटनामा न्यूनीकरण गर्न तथा चोरी नियन्त्रण गर्न राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ४ ले सडकमा सिसी क्यामेरा जडान गरेको छ।

हुलाकी राजमार्ग भएर गुड्ने सवारीसाधनहरु अत्याधिक गतिमा गुड्ने हुँदा त्यसको नियन्त्रण गर्न र गाउँघरमा हुने चोरी नियन्त्रण गर्नका लागि सिसी क्यामेरा जडान गरिएको वडाध्यक्ष मीन राज खड्का ( सन्तोष ) ले बताए।

बैजापुर चोकमा जडान गरिएको सिसी क्यामेराको मुख्य कन्ट्रोलको जिम्मेवारी इलाका प्रहरी कार्यालय धामपुरलाई दिइएको खड्काले जानकारी दिएका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्