शीतलहर चलेसंगै बाँकेको जानकीले दियो विद्यालयहरुमा जाडो बिदा

बिहीबार, माघ ४, २०८०
Neuro hospital Nepalgunj

जानकी (बाँके ) । बाँकेको जानकी गाउँपालिकाले विद्यालयहरुमा जाडो विदा दिएको छ । शीतलहर चलेसंगै अत्याधिक चिसो बढेपछि आजदेखि माघ ६ गतेसम्म पठनपाठन बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्रका सामुदायिक, मदरसा, गुरुकुल, बालविकास केन्द्र तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको शिक्षा युवा तथा खेलकुद शाखाकी निमित्त शाखा प्रमुख झुमी कुमारी वलीले बताइन् ।

बाँकेमा दुई सातादेखि राम्रोसंग घाम लाग्न सकेको छैन । चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले पनि विद्यालयमा जाडो विदा दिएको छ ।  

 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्