ज्यान मार्ने धम्की दिदै फिरौती माग्ने तीन जना पक्राउ

बिहीबार, माघ ४, २०८०
Neuro hospital Nepalgunj

चितवन । चितवनमा ज्यान मार्ने धम्की दिँदै फिरौती रकम माग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ

भरतपुर महानगरपालिका-२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई फिरौती मागेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुलाई आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्