नेपालगञ्जमा अत्याधिक चिसो बढेपछि विद्यालय बन्द

बुधबार, माघ ३, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा जाडो बिदा दिएको छ ।

चिसो अत्याधिक बढेपछि सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयहरुमा भोलिदेखि माघ ६ गतेसम्म जाडो विदा दिइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ।

अत्याधिक जाडो तथा शीतलहर बढेसँगै बिद्यालय सञ्चालनमा कठिनाई भएकाले बिदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।

उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण बिद्यालयहरुमा माघ ४ गतेदेखि ६ गतेसम्म जाडो बिदा दिइएको हो । नेपालगञ्जमा एक साता यता शीतलहर चलेसंगै चिसो अत्याधिक बढेको छ । 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्