रुसी सेनामा भर्ना भएका अर्का एक नेपाली युवकको मृत्यु

मंगलबार, माघ २, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । रुस र युक्रेनबीचको लडाइँमा रुसी सेनामा भर्ना भएका अर्का एक नेपालीको मृत्यु भएको छ।

रुसी सेनामा भर्ना भएका लमजुङको दूधपोखरी गाउँपालिका-१ घामर चोक घर भएका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धका क्रममा मृत्यु भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिएका छन्  ।

रुसी सेनामा पुगेका गुरुङको लडाइँका क्रममा मृत्यु भएको खबर ५ दिन अघिमात्र परिवारलाई प्राप्त भएको गुरुङले  बताए ।

रुसी सेनामा  गुरुङसँगै गएका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएको वडाध्यक्ष गुरुङले भने ।जर्मनीमा रहेका  मृतक गुरुङका  भाइ कुमारले दाइको युद्दमा मृत्युको खबर घरमा पठाएपछि परिवारले गत पुस २९ गते काजक्रिया समेत गरिसकेको बताइएको छ।

दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका गुरुङ रोजगारीका लागि भन्दै साढे ३ महिना अघि उनी रुसी सेनामा पुगेका हुन् । हालसम्म रुसी सेनामा भर्ना भएका १५ नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ भने अन्य केही युक्रेनी सेनाको कब्जामा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्