मेसीले जिते फिफा वर्ष खेलाडीको अवार्ड

मंगलबार, माघ २, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । विश्वकै चर्चित फुटबल स्टार लियोनेल मेसी फिफा वर्ष खेलाडीको अवार्ड विजेता बनेका छन् । अर्जेन्टिनाका राष्ट्रिय फुटबल खेलाडी मेसीलाई लण्डनमा आयोजित फिफाको वार्षिक कार्यक्रममा  सन् २०२३ को वर्ष खेलाडीको उपाधि दिइएको हो ।

हाल मेसी अमेरिकी क्बल इन्टर मियामीबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । मेस्सीले फ्रेन्च खेलाडी केलियन एम्बाप्पे र नर्वेजियन खेलाडी इर्लिंग हालाण्डलाई पछि पार्दै फिफाको वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

मेसीले यसअघि सन् २०२३ को बेलुन डो’ओर अवार्ड जितेपछि फिफा वर्ष खेलाडीको अवार्डसमेत जितेका हुन् ।

उनले यसअघि २०१९ र २०२२ मा पनि फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए ।त्यसैगरी स्पेनकी ऐटाना बोनमाटीले फिफा महिला वर्ष खेलाडीको अवार्ड जितेकी छन् । उनी स्पेनिश क्लब बार्सिलोनाकी मिडफिल्डर हुन् । 

त्यस्तै इङ्गलिश क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले फिफाको वर्ष प्रशिक्षकको अवार्ड जितेका छन् ।  मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्