राष्ट्रिय सभा चुनाव: आज मध्यरातदेखि आचारसंहिता लागू हुँदै

मंगलबार, माघ २, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । यही आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू हुँदैछ।

निर्वाचन आयोगले आज मध्यरातदेखि  राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्मका निम्ति लागू हुने गरी आचारसंहिता जारी गरेको हो।

आज मध्यरातदेखि  निर्वाचनका लागि सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्ष–विपक्षमा हुने गरी प्रयोग गर्न–गराउन पाइने छैन। त्यस्तै  सामाजिक सन्जाल, अनलाइन वा छापा माध्यमबाट पनि भोट माग्ने वा कुनै दल तथा उम्मेदवारको पक्ष-विपक्षमा सन्देश, सूचना वा समाचार राख्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सरोकारवाला सबै , सरकारी निकाय र अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क१) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागू गरिएको हो।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्