काठमाडौंमा फार्मेसीका कर्मचारी मृत भेटिए

शुक्रबार, असार २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंमा एक जना फार्मेसीका कर्मचारी मृत फेला परेका छन् ।  

महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा फार्मेसीका कर्मचारी ३६ वर्षीय अमृत पोखरेल मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार  अर्घखाँची घर भएका पोखरेल आज बिहान ८ बजे  मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरको दुई तलामाथि रहेको  स्टोर रूमको भर्‍याङमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले घटनाबारे  थप अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्